लागुऔषधसहित पाँच जना पक्राउ

रासस
२०८३ बैशाख १२ | बिहान ०८:०१ बजे

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ ।चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका–१का २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार पक्राउ गरिएको हो ।
यसैगरी, झापाको हल्दीबारी गाउँपालिका–३ बाङ्गे बजारबाट खैरो हेरोइनतसहित तीन जनालाई पक्राउ गरिएको छ । उनीहरू शुक्रबार पक्राउ परेका हुन् ।

















