मौसम

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

नवलपुर टुडे
२०८३ बैशाख ११ | बिहान ०६:०१ बजे

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज पनि ‘तातो दिन’ र ‘तातो हावाको लहर’को पूर्वानुमान गरेको छ । विभागका अनुसार, नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा तराई भूभागमा मौसम मुख्यतया सफा छ ।

आज दिउँसो मधेसलगायत वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा ‘तातो दिन’ हुने सम्भावना विभागले गरेको छ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावाकाे लहरको सम्भावना देखिएको विभागले जनाएको छ ।

साथै, कोसी ‍प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, वाग्मती र गण्डकी प्रदेशको  हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोसी प्रदेशको तराईको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । 

राति, देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

 

कमेन्टहरु