गैँडाकोटमा सरकारी गाडीको ठक्करबाट एक जनाको मृत्यु

नवलपुर टुडे
२०८३ बैशाख ९ | बिहान ०८:०१ बजे

गैँडाकोट, बैशाख ९ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा सरकारी गाडीको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ । गाडीको ठक्करबाट घाइते भएका चितवनको भरतपुर नगरपालिका–१७ शुक्रनगरका ४७ वर्षीय श्याम बहादुर भुजेलको उपचारको क्रममा चितवनको नयाँ मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अलिन पण्डितले जानकारी दिए ।
गैँडाकोट नगरपालिका–१० सिस्नेमा गैँडाकोटबाट कावासोती तर्फ जाँदै गरेको बा २ झ ३८५४ नम्बरको कावासोती कोलोनिकाको टाटासुमो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सवारी साधन र चालक कावासोती नगरपालिका–३ का रोसन सार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

















