उन्नाइस केजी गाँजासहित युवक पक्राउ

रासस
२०८२ चैत्र २९ | मध्यान्ह ०३:१२ बजे

सिरहा । जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका—९ का राजेश दासलाई पक्राउ गरिएको हो ।

















