कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छः सभामुख अर्याल

नवलपुर टुडे


काठमाडौं , चैत २८। सभामुख डोलप्रसाद अर्यालले अब कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा गरिने बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित लायन्स क्लबको ४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा धेरै क्षेत्रमा कानुनहरु बनाउन र संसोधन गर्न बाँकी रहेको बताउँदै राष्ट्र र राष्ट्रियताको लागि कानुन बनाउने कुरामा इमान्दार र निष्पक्ष भएर भूमिका निार्वाह गर्ने बताए ।
त्यस्तै उनले लायन्स क्लबले सामाजिक क्षेत्रमा धेरै राम्रो काम गरे पनि त्यसको समाचार मिडियामा पर्याप्त रूपमा नआएको टिप्पणी गरे । सञ्चारमाध्यमको ध्यान यतातर्फ कम गएको हो कि, वा स्पोन्सर÷खर्चको अभावका कारण हो भन्दै उनले प्रश्न गरे ।
उनले भने,‘लायन्स क्लबले यति धेरै राम्रो कामहरु गरेको छ । तर यसको कामको कुरा मिडियामा त्यति धेरै देख्न पाएको छैन् । सञ्चारमाध्यमको किन आँखा जाँदैन यतातिर ? सञ्चारमाध्यलाई स्पोन्सरको कमि भएको हो कि रुखर्च दिन नपुगेको हो कि ? नत्र देशभरी यत्रो काम हुन्छ । लायन्स क्लबले काम नगरेको कुनै क्षेत्र नै छैन् । तर किन कुनै लेखहरु आएनन ? एकजना मन्त्रीले गरेको कार्यक्रममा चाँही सबै जना जाने । यस्तो कार्यक्रममा किन नजाने ?’ न्यूज बैंक

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
अरुपनि पढ्नुहोस
सबै
पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


















