सुदूरपश्चिम प्रदेशसभा : संशोधन विधेयकको प्रतिवेदन पेस

रासस


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’ उपर सम्बन्धित समितिमा छलफल भई तयार पारिएको प्रतिवेदन पेश गरिएको छ।
प्रदेशसभाको आज बसेको बैठकमा विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्टले समितिमा दफावार छलफल भई तयार पारिएको उक्त संशोधन विधेयकको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐनको कार्यान्वयनसँगै कर्मचारी क्षेत्रबाट असन्तुष्टि बढेपछि सरकारले संशोेधन विधेयक ल्याएको हो।
ऐन कार्यान्वयनबाट सीमित कर्मचारीलाई मात्र फाइदा पुगेको भन्दै असन्तुष्ट कर्मचारीहरुले विगतमा अदालतमा मुद्दा दर्ता समेत गरेका थिए । आजको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्टले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य ऐन २०७६’लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरे।
मन्त्री भट्टले दलित सशक्तिकरण ऐन २०७८ लाई संशोेधन गर्न बनेको विधेयकमाथि परेका संशोधनसहित दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भनी पेश गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















