बुटवलमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

नवलपुर टुडे
२०८२ चैत्र १४ | मध्यान्ह ०६:१२ बजे

बुटवल । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै बुटवलमा प्रदर्शन गरेका छन् । अध्यक्ष केपी ओलीको गिरफ्तारीविरुद्धको प्रदर्शनमा उनीहरूले गृहमन्त्रीको राजीनामाको माग गरेका हुन् ।
मिलनचोकमा एमाले कार्यकर्ताहरूले नाराबाजीसहित प्रदर्शन गरेका थिए । एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले गृहमन्त्रीको राजीनामा नआउँदासम्म प्रदर्शन जारी रहने बताएका छन् ।
युवासंघका केन्द्रीय सदस्य कृष्ण कुमालले अन्यायपूर्ण र गैरकानुनी गिरफ्तारी भएकाले अध्यक्ष ओलीको रिहा हुनुपर्ने बताए ।























