रौतहट ३ मा रास्वपाका रबिन्द्र पटेल विजयी

नवलपुर टुडे


रौतहट, फागुन २४ गते । रौतहट क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रबिन्द्र पटेल भारी मतान्तरले विजयी हुनु भएको छ ।
उहाँ आफ्ना निकटम प्रतिद्वन्दीसंग १५ हजार ३६४ को फराकिलो मतले बिजयी हुनु भएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को कार्यालयका निर्वाचन अधिकृत अबध किशोर प्रसाद कुशवाहाले जानकारी दिनुभयो ।
उहाँले २७ हजार ३१८ मत पाउँदा उहाँका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालकाका उम्मेदवार गोबिन्द चौधरीले ११ हजार ९५४ मत पाउनु भएको छ ।
यस्तै आम जनता पार्टिका उम्मेदवार एबम पुर्व मन्त्री प्रभु साहले नौ हजार ८९०, नेकपा एमालेका उम्मेदवार कुन्दन प्रसाद कुशवाहाले नौ हजार ६०५,नेपाली कांग्रेसका उम्मेदवार राम कृपाल प्रसाद यादवले छ हजार ४२० मत ल्याउनुभएको निर्वाचन अधिकृत कुशवाहाले जानकारी दिनुभयो ।
यस निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार पुनम देवीले तीन हजार ८८१ मत ल्याउनुभएको छ । रौतहट ३ मा कुल ८ हजार ७५८ मत बदर भएको उहाँले बताउनुभयो । रौतहट –३ मा कुल एक लाख आठ हजार ६९९ मतदाता रहेकोमा ७६ हजार ४२९ मत खसेको थियो ।

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
















