Opens in a new tab

धनकुटामा एमालेका राजेन्द्रकुमार राईलाई जितको ह्याट्रिक

नवलपुर टुडे

29Shares
dida bag ad

पाख्रीबास, (धनकुटा), फागुन २३ गते। धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । राईले १८ हजार १३२ मत प्राप्त गरी विजयी हुनुभएको हो।

राईका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले १४ हजार २५७ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी श्रम संस्कृति पार्टिका उमेदवार सान बहादुर राईले ११ हजार ९३२ मत पाउनुभएको छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले ९ हजार ९४४ मत पाउनुभएको छ । निर्वाचित राई कांग्रेसका राईसँग ३ हजार ८७५ मतान्तरले विजयी हुनु भएको छ । उहाँलाई मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । 

प्रतिनिधि सभा एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा १ लाख १८ हजार ४२४ मतदाता रहेका छन् । जसमध्ये ५४.४५ प्रतिशत अर्थात् ६४ हजार ४९० मत खसेको थियो। विजयी उम्मेदवार राईको यो चौथो संसदीय प्रतिस्पर्धामा तेस्रो जित हो । 

यसअघि उहाँ २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन धनकुटा क्षेत्र नम्बर २, बाट उम्मेदवार रहेर पराजित हुनु भएको थियो ।त्यसपछि उहाँ एमालेबाटै २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर दुवै निर्वाचन जित हासिल गर्नुभएको थियो । यस पटक पनि जित निकाल्दै राईले जितको ह्याट्रिक गर्नु भएको छ ।