आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

नवलपुर टुडे


काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा भूभागमा साधरणतया बादल लाग्नेछ। देशको बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बागमती प्रदेशको पहाडी र हिमाली भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने
अरुपनि पढ्नुहोस
सबै
नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

















