सिन्धुली–२ मा रास्वपाका गजुरेल विजयी

नवलपुर टुडे


सिन्धुलीमाढी, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्बाचन अन्तर्गत सिन्धुलीको निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेद्वार आशिष गजुरेल विजयी बन्नुभएको छ ।
उहाँले १७ हजार ९४० मत प्राप्त गरि विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार विजयी गजुरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार लेखनाथ दाहाल(राजन)ले १४ हजार ७८० मत प्राप्त गर्नुभएको छ ।
नेकपा (एमाले)का मनोजजंग थापाले ११ हजार ६०६ र नेपाली काँग्रेसका शुशिला थिङ्ले ६ हजार ७६० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै स्वतन्त्र उमेद्वारी दिनु भएका नेपाली काँग्रेसका वागी उमेद्वार खड्गबहादुर वाईवाले ४५८ र अर्का स्वतन्त्र उमेद्वार (नेकपाका बागी) का महेश्वर दाहालले ५८६ मत प्राप्त गर्नु भएको छ ।
यो निर्वाचन क्षेत्रमा विजयी गजुरेल सहित १६ जना उमेद्वार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा थिए । मुख्य निर्बाचन अधिकृत कमलराज विष्टले शनिबार नै विजयी गजुरेललाई प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित


छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान: उपराष्ट्रपति यादव

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’

अमेरिकी डलरको भाउ १५१.०९ रुपैयाँ, अन्य मुद्राको विनिमयदर
















