दक्षिण सुडानमा एमएसएफका २६ जना कर्मचारी बेपत्ता

रिदेन महर्जन


काठमाडाैँ । डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारीहरू बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पियेरीमा काम गर्ने २९१ एमएसएफ सहकर्मीहरू मध्ये २६ जना हिंसाका कारण बेपत्ता रहेको पुष्टि गर्दै चरम असुरक्षाको बीचमा उनीहरूसँग सम्पर्क गुमाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लन्किएनमा रहेको एमएसएफ सुविधा फेब्रुअरी– ३ मा सरकारी हवाई आक्रमणबाट प्रभावित भएको जनाइएको छ । धेरै कर्मचारीहरू आफ्नो परिवारसँगै भाग्न बाध्य भई धेरैजना विस्थापित भइ खाना, पानीलगायतका आधारभूत सेवाहरूमा पहुँच नभएका दुर्गम क्षेत्रहरूमा शरण लिइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विश्वको सबै भन्दा कान्छो देश दक्षिण सुडान सन् २०११ मा गठन भएदेखि नै गृहयुद्ध, गरिबी र ठूलो भ्रष्टाचारले ग्रस्त छ ।संयुक्त राष्ट्र सङ्घले राष्ट्रपति साल्वा किर र उहाँका लामो समयका प्रतिद्वन्द्वी रीक मचारबिचको शक्ति बाँडफाँड सम्झौता गत वर्ष बिग्रँदै जाँदा “पूर्ण गृहयुद्ध“ मा फर्कने चेतावनी दिएको छ ।
यसै बिच संयुक्त राष्ट्र संघले आइतवार सुडानको सीमा नजिकै अबीम्नोममा बढ्दो हिंसाका कारण दर्जनौँ नागरिक तथा स्थानीय अधिकारीहरूको मृत्यु भएको बताएको छ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















