इरानको विद्यालयमा इजरायली आक्रमणः मृतक बालिकाको संख्या २४ पुग्यो

एजेन्सी


तेहरान फागुन १६। इरान र इजरायलबिचको युद्धले निकै भयानक र अमानवीय मोड लिएको छ। दक्षिण इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरमा रहेको एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीको संख्या २४ पुगेको छ।
यसअघि पाँच जनाको मृत्यु भएको भनिए पनि भग्नावशेषबाट थप शवहरू निकालिएपछि मृतकको संख्या ह्वात्तै बढेको इरानी समाचार एजेन्सी फार्सले पुष्टि गरेको छ। युद्धको राप छिमेकी मुलुक बहराइनमा पनि सल्किएको छ। बहराइनको गृह मन्त्रालयले अमेरिकी नौसैनिक आधार शिविर रहेको जुफैर क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न सुरु गरेको छ।
रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्थितिलाई राजनीतिक र कूटनीतिक बाटोमा फर्काउन माग गरेको छ। रुसले अमेरिका र इजरायलको यो कदमलाई गैरजिम्मेवार भन्दै अन्तर्राष्ट्रिय समुदायलाई यसको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गरेको छ। रुसले अन्तर्राष्ट्रिय कानुन र आपसी सम्मानका आधारमा शान्तिपूर्ण समाधान खोज्न आफू तयार रहेको समेत स्पष्ट पारेको छ।
विश्वका अन्य मुलुकहरूले पनि यो युद्धको चर्को विरोध गरेका छन्। नर्वेका विदेशमन्त्री एस्पेन बार्थले इजरायलको पूर्व(सतर्कता (प्रि(एम्प्टिभ) आक्रमणको दाबीलाई खारेज गर्दै यो अन्तर्राष्ट्रिय कानुन विपरित रहेको बताएका छन्।
उनले यस्तो आक्रमणका लागि तत्कालै आसन्न खतरा हुनुपर्नेमा त्यस्तो नदेखिएको तर्क गरे। बेल्जियमले इरानी सरकारको छनोटको मूल्य त्यहाँका निर्दोष जनताले चुकाउनु परेकोमा दुःख व्यक्त गरेको छ भने पाकिस्तानले इरानमाथिको अनावश्यक आक्रमणको कडा निन्दा गर्दै तत्काल कूटनीतिक वार्तामा फर्कन आह्वान गरेको छ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















