कपिलवस्तुका २३६ मतदान स्थल र ४९१ मतदान केन्द्रको निरीक्षण

नवलपुर टुडे


कपिलवस्तु, फाल्गुन १४ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कपिलवस्तुमा रहेको सबै मतदान स्थल र मतदान केन्द्रको निरीक्षण गरिएको छ । जिल्ला सुरक्षा समिति र कपिलवस्तुका ३ वटै निर्वाचन अधिकृतसहितको संयुत्त टोली सो निरीक्षण गरेको हो ।
टोलीले २ सय ३६ मतदान स्थलका ४ सय ९१ मतदान केन्द्रको निरीक्षण गरेको प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए । अनुगमनका क्रममा मतदान स्थलको भौतिक अवस्था, सुरक्षाको व्यवस्था, मतदान कक्ष व्यवस्थापन, मतदाताको सहज पहुँच तथा आवश्यक पूर्वाधारबारे जानकारी लिइएको आचार्यले बताए । मतदान स्थलको अवस्था बारे जिल्ला निर्वाचन कार्यालय र ३ वटै निर्वाचन अधिकृतको कार्यालयलाई लिखितरुपमै जानकारी गराई सकिएको उनले बताए ।
धेरै जसो मतदान स्थल र केन्द्र विद्यालयमै छन । ८ वटा बढी मतदान केन्द्रमा छेका समेत नरहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी गौतमले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए । मतदानका दिन कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन प्रशासन सतर्क र सजग रहेको बताए । ‘मतदान स्थलहरूमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ, मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गर्दछु ’ उनले भने । मतदान स्थललाई सुरक्षा निकायले निग्रानीमा राखेको उनले बताए । ५४ मतदान स्थललाई अति संवेदनशील, १ सय २ लाई संवेदनशील र ७९ मतदान स्थललाई सामान्यको सुचीमा राखिएको छ उनले बताए ।
निर्वाचनमा ५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । निर्वाचनका नेपाली सेनाले समेत नियमित गस्ती गरिरहेका छन । शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षसँग समन्वय भइरहेको उनले बताए । उनले निर्वाचनकालागि भरपर्दो सुरक्षा ब्यवस्था मिलाइएकोले ढुक्कसँग मतदान गर्न प्रजिअ गौतमले आग्रह समेत गरे ।

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते
















