डोभ नेपालद्वारा सावित्रा ‘साम्बा’ भण्डारीको उपचार तथा पुनर्स्थापनाका लागि सहयोग

नवलपुर टुडे


काठमाडौँ । चोटले खेलाडीलाई केही समय मैदानबाट टाढा राख्न सक्छ, तर त्यसले उनीभित्रको साहस र पुनरागमनको यात्रालाई अझ ठुलो बनाइदिन्छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा ‘साम्बा’ भण्डारी गम्भीर घुँडाको चोटपछि उपचार तथा स्वास्थ्य सुधारको लागि तयारी गरिरहनु भएको छ।
उहाँको स्वास्थ्य लाभको यात्रामा साथ दिन, युनिलिभर नेपाल लिमिटेड अन्तर्गतको डोभले उहाँलाई सहयोग प्रदान गरेको छ। नेपाली फुटबलका प्रेरणादायी खेलाडीमध्ये एक साम्बाको समर्पण, सङ्घर्षशीलता र उपलब्धिले देशभरिका लाखौँलाई मात्र होइन, नेपाल बाहिरका दर्शकहरूलाई पनि प्रेरित गर्दै आएको छ।
डोभले सावित्रा ‘साम्बा’ भण्डारीको उपचार तथा पुनर्स्थापनाका लागि रु। १५,००,००० सहयोग गरेको छ। यो सहयोग उहाँले यस अवरोधलाई पुनरागमनमा रूपान्तरण गर्ने यात्रामा डोभको साथ र प्रतिबद्धताको प्रतीक हो। डोभ विश्वास गर्दछ कि वास्तविक सुन्दरता आत्मसम्मान र आत्मविश्वासबाट जन्मिन्छ, र वास्तविक साहस जितमा मात्र होइन, घाउ निको पार्दै अझ बलियो भएर फर्किने अठोटमा देखिन्छ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















