भरतपुर मेयर कप फुटबलको उपाधि वाल्मीकिलाई

नवलपुर टुडे


चितवन । तेस्रो भरतपुर मेयर कप फुटबलको उपाधि वाल्मीकि शिक्षा सदनले जितेको छ । भरतपुरको कृष्णपुर मैदानमा भएको फाइनलमा दुर्गा शेषकान्त माविलाई ४-० ले हराउँदै वाल्मीकिले लगातर दोस्रो पटक उपाधि रक्षा गरेको हो ।
वाल्मीकिको जितमा अमृत आचार्य र आदित्य लामिछानेले २-२ गोल गरे । वाल्मीकिका अमृत आचार्य प्रतियोगिताभरको उत्कृष्ट खेलाडी चुनिए । यस्तै १० गोल गरेका दुर्गा शेषकान्तका यमलाल आले उत्कृष्ट फर्वाड, दुर्गा शेषकान्तकै सजन कार्की उत्कृष्ट मिडफिल्डर, वाल्मीकिका सन्देश कँडेल उत्कृष्ट डिफेन्डर तथा अन्नपूर्ण माविका समिर गुरुङ उत्कृष्ट गोलकिपर घोषित भए ।
यस्तै वाल्मीकिका धुर्व भुसाल उत्कृष्ट प्रशिक्षक चुनिए । यससँगै वाल्मीकिले लगातार दोस्रो सिजन भरतपुर मेयर कपको उपाधि जितेको छ । गत संस्करण पनि वाल्मीकि नै च्याम्पियन बनेको थियो । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा भएको प्रतियोगितामा ७४ स्कुल सहभागी थिए ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















