धादिङ बस दुर्घटना : सभापति गगन थापाद्वारा दुःख व्यक्त

नवलपुर टुडे


काठमाडौँ । धादिङमा मध्यराति भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले दुःख व्यक्त गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै यो खबरले आफू अत्यन्त मर्माहत बनाएको बताएका हुन्। उनले दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

अरुपनि पढ्नुहोस
सबै
सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

















