प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने र मन्त्रालय घटाउने नेपाली कांग्रेसको प्रस्ताव

नवलपुर टुडे


काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने प्रस्ताव गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको प्रतिज्ञा पत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक मात्र बन्न पाउने व्यवस्था ल्याउने उल्लेख गरेको हो । बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको पश्च’ शीर्षकको अन्तरक्रियामा सभापति गगन थापाले सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनेबारे पनि प्रतिज्ञा पत्रमा उल्लेख गरिएको जानकारी दिए ।
‘प्रधानमन्त्री र मुख्यमन्त्री अब दुई/दुई पटक मात्रै बन्न पाउने हाम्रो प्रतिज्ञा पत्रमा उल्लेख छ,’ थापाले भने, ‘त्यस्तै सङ्घमा १६ र प्रदेशमा ६ मात्रै मन्त्रालय बनाउने हाम्रो प्रतिज्ञा हो । अब गठबन्धन गरेर दल मिलाउन पर्यो भनेर मन्त्रालय थप्ने व्यवस्था हामी कदापि गर्ने छैनौँ ।’

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते
















