नवलपुरको गैँडाकोट मेयर कपको उपाधि लुम्बिनी प्रदेशलाई

नवलपुर टुडे


नवलपुर, फागुन ५ । नवलपुरको गैँडाकोटमा सम्पन्न पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आज भएको फाइनल खेलमा मधेस प्रदेशलाई ९ विकेटले हराउँदै लुम्बिनीले उपाधि हात पारेको हो ।
लुम्बिनीले उपाधिसँगै रु तीन लाख नगद हात पार्न सफल भयो । उपविजेता बनेको मधेस प्रदेशले रु दुई लाख नगद पुरस्कार हात पा¥यो । प्रतियोगिता अवधीभर व्यक्तिगत खातामा १५४ रन जोड्दै लुम्बिनी प्रदेशका कप्तान देव खनाल म्यान अफ दी सिरिज (सर्वोत्कृष्ट खेलाडी)घोषित भई रु २५ हजार नगद पुरस्कार हात पारे ।
प्रतियोगितामा मधेस प्रदेशले दिएको ९० रनको चुनौती लुम्बिनी प्रदेशले नौ दशमलव दुई ओभर खेल्दै एक विकेटको क्षतिमा पूरा गर्न सफल भयो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेस प्रदेशले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८९ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनीको जितका लागि कप्तान देव खनालले अविजित रहँदै अर्धशतीय पारी खेले । उनले ४१ बलमा तीन छक्का र आठ चौकाको मद्दतले ६१ रन बनाए । त्यस्तै सम्राट भुसालले अविजित रहँदै १५ बलमा १५ रन बनाउँदै टिमलाई उपाधि दिलाउन सफल भए । बलिङतर्फ मधेस प्रदेशका विशाल पटेलले एक विकेट लिन सफल भएका भए ।
सुरुआती ब्याटिङमा उत्रिएको मधेश प्रदेशका कप्तान अनिल कुमार साहले २८ बलमा तीन छक्का र चार चौका सहित ४४ रनको योगदान दिए । उक्त प्रतियोगितामा रुपेश कुमार सिंहले २२ बलमा एक छक्का सहित १५ रन जोड्दा अन्य ब्याटरहरुले दोहोरो अङ्कको योगफल तयार पार्न सकेनन् ।
बलिङतर्फ मधेस प्रदेशलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका निर्मल गुरुङ र अजय चौहानले तीन÷तीन विकेट लिए । त्यस्तै वीरबहादुर घर्ती मगर, सलाहुद्दिन खान र कृष्ण कार्कीले मधेसको एक÷एक विकेट लिन सफल भए । प्रतियोगितामा सात वटा प्रदेशका सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको गैँडाकोट मेयर्स ११ गरी आठ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
पुरस्कार वितरण कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले स्थानीय स्तरमा हुने प्रतियोगिताले गैँडाकोटलाई खेलकुदको क्षेत्रमा उर्बर भूमि बनाउन सहयोग गरेको बताउनुभयो । खेलकुदले खेलाडीलाई अनुशासन र असल नागरिक बनाउन तथा आफ्नो र देशको नाम विश्वसामु उँचो राख्न मद्दत गर्ने भन्दै उहाँले पालिकाले खेलकुदको क्षेत्रमा लगानी गर्दै आएको बताउनुभयो । प्रतियोगिता गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा फागुन १ गतेदेखि सञ्चालन गरिएको थियो ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















