Opens in a new tab

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

नवलपुर टुडे

29Shares
dida bag ad

 दार्चुला । सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।

सदरमुकाम खलङ्गामै रहेको श्रीदल गुल्मबाट सहसेनानि अन्वेश गुरूङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो । अहिले प्रहरी टोली पनि करागार सुरक्षार्थ खटिएको छ ।

सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार कारागारमा नेपाली सेना खटिएको हो । सोही निर्णयअनुसार दार्चुला कारागारमा पनि सेना तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको हो ।

अरुपनि पढ्नुहोस

सबै

भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

२०८३ कार्तिक १३ | बिहान ०५:०७ बजे

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

२०८३ कार्तिक १३ | बिहान ०५:०७ बजे

तिहारलक्षित सयपत्री फूल खेतीमा जमेका विष्ट

२०८३ कार्तिक १३ | बिहान ०५:०७ बजे