Opens in a new tab

समाजवादको नयाँयात्रा सुरु गर्ने अध्यक्ष दाहालको सङ्कल्प

रासस

29Shares
dida bag ad

काठमाडौँ, फागुन १। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा र शुभकामना दिँदै जनयुद्धका स्मृति ताजा भएको बताउनुभयो ।“यसवर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ । रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा जनयुद्धका ती सबै स्मरण ताजा भएर आएका छन्,” उहाँले भन्नुभयो, “जनयुद्धमा यहाँका जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ ।”

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गर्नुभ“यहाँका गरिब, महिला, आदिवासी जनजातिले रगत नबगाएको भए हामी आज समावेशी र समानुपातिक गणतन्त्रमा हुने थिएनौँ,” उहाँले भावुक हुँदै भन्नुभयो, “म यहाँ आउँदा अलिकति भावुक र उल्लेखित भएको छु । जनयुद्धको जस्तै उत्प्रेरणा र नयाँ ऊर्जासहित अब अघि बढ्ने छौँ ।”

संयोजक प्रचण्डले राष्ट्रको वर्तमान परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले २०८४ सालमा गर्ने भनिएको निर्वाचन २०८२ मै गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै देश कठिन मोडबाट अगाडि बढेको धारणा राख्नुभयो ।

“यस्तो सङ्कटको घडीमा इतिहासका ती प्रेरणाबाट शिक्षा लिँदै फेरि राष्ट्र र राष्ट्रियताको पक्षमा अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “समाजवादको नयाँ यात्रा सुरु गर्ने सङ्कल्पका रूपमा मैले यो अवसरलाई लिएको छु ।”

उहाँले जनयुद्धकालीन सङ्कल्प र दृढतासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गरिने बताउनुभयो ।

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

२०८३ कार्तिक १८ | मध्यान्ह १२:०७ बजे

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

२०८३ कार्तिक १८ | बिहान ११:०७ बजे