कोलम्बोस्थित नेपाली राजदूतावासको आयोजनामा माल्दिभ्समा नेपाल कम्युनिटी सपोर्ट क्याम्प

पुरुषोत्तम सुवेदी


नेपाल । श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासको आयोजनामा माल्दिभ्समा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधान र स्वास्थ्योपचार गर्ने उद्देश्यले राजधानी मालेस्थित कामना मालाममा ‘नेपाल कम्युनिटी सपोर्ट, हेल्थ चेक तथा कन्सुलर सेवा क्याम्प–२०२६’ कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि माल्दिभ्सका पूर्व उपराष्ट्रपति अब्दुल्ला जिहादले नेपाली समुदायको मेहनत र इमानदारीको खुलेर प्रशंसा गर्नुभयो । उहाँले श्रमिकहरूलाई आफ्नो आर्जन (रेमिट्यान्स) सुरक्षित रूपमा नेपाल पठाउने उपायहरूका बारेमा महत्वपूर्ण सुझाव समेत दिनुभएको थियो ।
कार्यक्रममा दूतावासका उपप्रमुख विजय कुमार राउतले माल्दिभ्सको विकासमा नेपालीहरूको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले स्वास्थ्य, निर्माण, पर्यटन र आर्थिक क्षेत्रमा नेपाली श्रमिकहरूले पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै दूतावासले प्रदान गर्ने कन्सुलर सेवा र सहयोगबारे विस्तृत जानकारी गराउनुभयो ।
सो अवसरमा, माल्दिभ्समा समस्यामा परेका नेपालीहरूको उद्धार, कानुनी परामर्श र दूतावाससँगको समन्वयमा महत्वपूर्ण भूमिका खेलेकोमा नेपाल हेल्पलाइनलाई दूतावासका तर्फबाट धन्यवाद सहित प्रशंसा गरिएको थियो ।
कार्यक्रममा, नेपालीहरू नेपाल हेल्पलाइनकी अध्यक्ष आशिया मोहम्मद, महासचिव सरोज सापकोटा लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा, नेपाली श्रमिकहरूले भोग्दै आएका विशेषगरी राहदानी जफत र श्रम सम्झौताको उल्लङ्घन , ज्याला विवाद र श्रम शोषण र स्वास्थ्य तथा मानसिक स्वास्थ्यका चुनौतीहरू विविध समस्याहरूका बारेमा छलफल भएको थियो ।
शिविरका लागि चिकित्सा सहायता नेपाल नेत्रज्योति संघ, आईकेयर (श्रीलंका) का डा. नरेश प्रधान र आईकेयर प्रालिका सी.ओ.ओ. सन्तोष उपाध्यायद्वारा प्रदान गरिएको थियो। वरिष्ठ आँखारोग विशेषज्ञ दिनेश पाण्डे र नेत्र सहायक पुष्पराज विष्टले स्वास्थ्य परीक्षण गर्नुभएको थियो भने सो क्रममा आवश्यकता अनुसार व्यक्तिहरूलाई नि:शुल्क आईड्रप र चस्मा वितरण गरियो।हेल्थ क्याम्पमा नेपाल नेत्र ज्योति सङ्घ र विभिन्न सञ्चालित शिविरमा १ सय ५० भन्दा बढी नेपालीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । यस्ता कार्यक्रमले परदेशमा रहेका नेपालीहरूको समस्या समाधान गर्न र उनीहरूलाई राज्यको अनुभूति दिलाउन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त लिइएको छ ।
तस्वीर –‘नेपाल कम्युनिटी सपोर्ट, हेल्थ चेक तथा कन्सुलर सेवा क्याम्प–२०२६’ कार्यक्रम ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















