बंगलादेशमा मतदान सुरु, अवामी लिग प्रतिबन्धपछि यी दलहरूबीच प्रतिस्पर्धा

एजेन्सी


काठमाडौँ, माघ २९ ।बंगलादेशमा आज (बिहीबार) १२ करोडभन्दा बढी मतदाता नयाँ सरकार चयन गर्न मतदानमा सहभागी भइरहेका छन्। देशभर मतदान सुरु छ र स्थानीय समयअनुसार साँझ ४ः३० बजेसम्म जारी रहनेछ। यो सन् २०२४ मा भएको आन्दोलनपछि पहिलो चुनाव हो। युवाहरूको नेतृत्वमा भएको उक्त आन्दोलनले पूर्व प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको थियो।
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले हसिनाले देश छाडेपछि बंगलादेश सञ्चालन गर्दै आएको छ। आन्दोलनका क्रममा कम्तीमा १,४०० प्रदर्शनकारीको मृत्यु भएको थियो। प्रदर्शनकारीहरूमाथि कारबाही गर्न सिधा आदेश दिएको आरोप शेख हसिनामाथि लगाइएको छ, जसलाई उनले निरन्तर अस्वीकार गर्दै आएकी छन्।
गत वर्ष नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो।उनकी पार्टी अवामी लिगलाई यस चुनावमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ।
यसपटकको चुनावमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र इस्लामी दल जमात–ए–इस्लामीबीच प्रतिस्पर्धा भइरहेको छ। जमात–ए–इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको एक दलसँग गठबन्धन गरेको छ। मतदाताहरूले नयाँ सरकारका लागि मत हाल्नुका साथै संविधान संशोधनसम्बन्धी जनमत संग्रहमा पनि भाग लिइरहेका छन्।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















