संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

रासस


काठमाडौँ, माघ २१। संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै छ ।संयुक्त राष्ट्रसङ्को महासभाले सन् २०२० डिसेम्बर २१ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ४ मा यो दिवस दिवस मनाउने निर्णय गरेअनुरूप सन् २०२१ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
यो वर्षको विषयवस्तुले विभाजनभन्दा संवादलाई प्राथमिकता दिन सबैलाई आह्वान गरेको छ । राष्ट्रसङ्घका अनुसार संवादको अर्थ सबै विषयमा सहमति हुनु होइन, बरु ध्यानपूर्वक सुन्नु, जिम्मेवारीपूर्वक बोल्नु र विशेष गरी डर, आक्रोश वा अनिश्चितताका अवस्थामा पनि एकअर्काको मानवता पहिचान गर्नु हो ।
मानव भ्रातृत्वले विभेद, जातीय घृणा, विदेशीप्रति घृणा तथा घृणात्मक अभिव्यक्तिलाई अस्वीकार गर्न पनि जोड दिएको छ । उक्त विश्व संस्थाले ‘अनलाइन’ र ‘अफलाइन’ दुवै माध्यममा भिन्नतामाथि हुने छलफललाई हानिरहित र सम्मानजनक बनाउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समान अधिकार, दया र आपसी सम्मानमा आधारित विश्व निर्माण गर्दै एक मानव परिवारका रूपमा शान्तिपूर्वक बाँच्न सबैको साझा भूमिका हुने बताउनुभएको छ ।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















