शान्तिपूर्ण सहअस्तित्व दिवस आज

नवलपुर टुडे


काठमाडौँ, माघ १४। आज अन्तरराष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस हो । संयुक्त राष्ट्रसङ्घको महासभाले गत मार्चमा हरेक वर्ष यो दिवस २८ जनवरीमा मनाउने घोषणा गरेको हो ।विश्वव्यापी रूपमा अस्थिरता र द्वन्द्व बढ्दै गएसँगै अन्तरराष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस विविध संस्कृति, मूल्य, जीवनशैली र विश्वासप्रतिको सचेतना बढाउन, र सहिष्णुता प्रवर्धनमा शिक्षाको भूमिका उजागर गर्न आज यो दिवस पहिलोपटक विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।
धार्मिक र सांस्कृतिक विविधता तथा मानवअधिकारको सम्मानका साथै विश्वका सबै देश, अन्तरराष्ट्रिय सङ्गठन, नागरिक समाज र सञ्चारमाध्यमलाई शान्ति, समावेशिता, समझदारी र एकता प्रवद्र्धनका निम्ति यो दिवसले प्रेरित गर्ने संयुक्त राष्ट्रसङ्घको विश्वास छ ।
यो दिवस अन्तरराष्ट्रिय समुदायलाई राष्ट्रसङ्घ स्थापनाका उद्देश्य र सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्ने अवसर पनि हो । शान्ति केवल युद्ध नहुनु मात्र होइनस यो विविध लिङ्ग, जाति, भाषा, धर्म र संस्कृतिका बीचमा एकता एवं आत्मीयता कायम गर्दै सहअस्तित्व विकास गर्ने दिवस भएको राष्ट्रसङ्घले जनाएको छ ।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















