कृष्णानगर भन्सार कार्यालयले मनायो ७४ औं अन्तर्राष्ट्रीय भन्सार दिवसभन्सार कार्यालय
धर्मेन्द्र कुमार कुर्मी


कृष्णानगरले ७४ औं अन्तर्राष्ट्रीय भन्सार दिवस एक कार्यक्रम गरि मनाएको छ। ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा सबैभन्दा बढी भन्सार राजस्व बुझाउने दुई उद्योगलाई सम्मान गरेको छ । बढी राजस्व बुझाएर राज्यको आम्दानी वृद्धिमा योगदान र्पुयाएको भन्दै कपिलवस्तुको बिजया स्टील प्रालि र दाङको सम्राट सिमेन्ट प्रालिलाई प्रशंसा पत्रसहित एक भब्य कार्यक्रका विच आज सोमवार सम्मान गरिएको छ ।
कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बिजया स्टील प्रालिले ५४ करोड ७७ लाख रुपैयाँ र सम्राट सिमेन्ट प्रालिले ४४ करोड ८६ लाख रुपैयाँ भन्सार राजस्व बुझाएको उल्लेख गर्दै दुबै उद्योगको योगदान प्रशंसनीय रहेको बताएका छन् ।
प्रजिअ गौतमले भन्सार प्रणाली क्रमशः प्रविधिमैत्री बन्दै गएकाले व्यवसाय गर्न सहज वातावरण सिर्जना हुँदै गएको बताएका छन् । “सबैले वैध तरिकाबाट मालसामान आयात गरी भन्सार तिरे राज्यको राजस्व बढ्नुका साथै व्यापारी र आम नागरिक सबैलाई फाइदा हुने गौतमले बताएका छन्
खुला सिमानाका कारण हुने तस्करीले राज्यको राजस्वमा गम्भीर असर पार्ने भन्दै उनले त्यसको नियन्त्रणका लागि सरकार, व्यापारी र नागरिक सबैको सहकार्य आवश्यक रहेको बताउदै भन्सार कार्यालयले सेवा–सुविधा सुधार गर्दै लगेकाले अब कारोबार अझ पारदर्शी र प्रभावकारी बन्दै जाने प्रजिय जनार्दन गौतमले बताए ।
कार्यक्रममा भन्सारलाई सहयोग र्पुयाउने भन्सार एजेन्ट, कर्मचारी तथा आधा दर्जनभन्दा बढी संघ–संस्थालाई पनि सम्मान गरिएको छ ।
सो अवसरमा कृष्णनगर भन्सार प्रमुख फणिन्द्र खतिवडाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ५१ करोड ५९ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । लक्ष्यको ८६ प्रतिशतभन्दा बढी राजस्व संकलन भइसकेको र बाँकी अवधिमा वार्षिक लक्ष्य पूरा हुने विश्वास व्यक्त गरका छन् ।
उनले भन्सार विभागले ल्याएको छैटौँ सुधार कार्यक्रम कार्यान्वयनमा रहेकाले आगामी दिनमा भन्सार सेवा अझ सरल, छरितो र प्रभावकारी हुने बताए ।
कार्यक्रममा व्यापारी प्रेमशंकर शुक्लाले भन्सार र व्यापारीबीच थप समन्वय आवश्यक रहेको उल्लेख गर्दै व्यापारीमैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कृष्णप्रसाद न्यौपाने, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, शिवराज ओझालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष आचार्य, सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसी लगायत व्यापारी, भन्सार कर्मचारी, पत्रकार, स्थानीय लगायतको उपस्थित रहेको भन्सार कार्यालय कृष्णानगरका सूचना अधिकारी मयंक कर्णले जानकारी दिएका छन्।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
















