Opens in a new tab

राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि…

रासस

29Shares
dida bag ad

कालिकोट । कालिकोटको चिसो मौसम, त्यसमा पनि बर्थिङ सेन्टरमा सुत्केरी र नवजात शिशुका कपडा धुनुपर्ने बाध्यता। राजुली नगर अस्पतालमा कार्यरत नर्सिङ इन्चार्ज अञ्जना धामी र उनको टोलीका लागि यो नियमित जसोको सास्ती थियो। हातै काटिने गरी चिसो पानीमा कपडा धोए पनि घाम नलाग्दा कपडा सुक्दैनथे, जसले गर्दा संक्रमणको डर उत्तिकै हुन्थ्यो। तर अब राजुली अस्पतालको यो पीडादायी अवस्था अन्त्य भएको छ।

नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले लक्जम्बर्ग रेडक्रसको सहयोगमा अस्पताललाई १२ केजी क्षमताको ‘वासिङ मेसिन’ उपलब्ध गराएपछि त्यहाँका कर्मचारी र सेवाग्राहीमा खुसीयाली छाएको छ। नगर प्रमुख शङ्करप्रसाद उपाध्यायको विशेष पहलमा अस्पतालले वासिङ मेसिनसँगै इलेक्ट्रिक हिटर, बिरामी कुरुवाका लागि कुर्सी र पानी प्रशोधन उपकरण समेत प्राप्त गरेको हो। यसअघि नर्सिङ स्टाफ र सुत्केरीका आफन्तले हिउँ पर्ने मौसममा समेत हातैले लुगा धुनुपर्ने बाध्यता थियो।

 

अस्पतालकी नर्सिङ इन्चार्ज धामीका अनुसार वासिङ मेसिन सुन्दा सानो सहयोग लागे पनि यसले सेवाको गुणस्तरमा ठुलो प्रभाव पार्नेछ। हिउँदका समयमा सुकेका कपडामा ढुसी पर्ने र त्यसले बिरामीमा थप सङ्क्रमण फैलाउने जोखिम अब हटेको छ। कर्णाली राजमार्ग नजिकै रहेको यो १० शय्याको अस्पतालले दुर्गम बस्तीका सुत्केरीलाई सेवा दिँदै आएको छ। गत आर्थिक वर्षमा मात्रै यहाँ ५४ जनाले सुत्केरी सेवा लिएका थिए।

 

रेडक्रसले अस्पताललाई मात्र नभई तिलागुफा नगरपालिकाका विभिन्न वडामा खानेपानी, सरसफाइ र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा पनि काम गरिरहेको छ। बाढीले पुल बगाएको र भौगोलिक रूपमा अत्यन्तै विकट रहेको यो क्षेत्रमा स-साना प्रविधिको सहयोगले पनि स्थानीयको जीवन सहज बनाउन ठुलो भूमिका खेलेको छ। नगर प्रमुख उपाध्यायले रेडक्रसको यो सहयोगलाई ‘विपद्को साथी’ भन्दै प्रशंसा गरेका छन्।

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

२०८३ कार्तिक २१ | बिहान ०८:०७ बजे

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

२०८३ कार्तिक २१ | बिहान ०६:०७ बजे

काठमाडौं २४ घण्टा खुलाउने तयारी

२०८३ कार्तिक २१ | बिहान ०६:०७ बजे