स्वास्थ्य र सुन्दरताका लागि वरदान हो पालक

एजेन्सी


काठमाडौँ । पालकको नाम सुन्नेबित्तिकै धेरैले नाक खुम्च्याउने गर्छन्, तर यो हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक साग हो। पालकमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले शरीरमा रगतको कमी हुन दिँदैन। यसमा पाइने भिटामिन ए, सी र के आँखा, छाला र हड्डीका लागि रामवाण मानिन्छ। नियमित रूपमा पालकको सेवन गर्दा हाम्रो पाचन प्रणाली मजबुत हुनुका साथै शरीरले आवश्यक पोषक तत्त्वहरू प्राप्त गर्छ।
स्वास्थ्यका साथै सुन्दरता निखार्न पनि पालक उत्तिकै प्रभावकारी छ। यसमा पाइने एन्टी-अक्सिडेन्ट गुणले अनुहारको चाउरीपना हटाउन मद्दत गर्छ। पालक खाँदा छालामा कसिलोपन आउँछ र मानिस जवान एवं सुन्दर देखिन्छ। शरीरको भित्री इन्फ्लेमेसन कम गर्न पनि यसको ठुलो भूमिका हुन्छ। यसमा भएको एन्टी-इन्फ्लेमेटरी गुणले बाथ र माइग्रेन जस्ता समस्याबाट राहत दिलाउनुका साथै ग्यास्ट्रिक र अपचको समस्यालाई समेत निको पार्छ।
पौष्टिक र स्वादिष्ट पालकको साग घरमै सजिलै तयार पार्न सकिन्छ। यसका लागि सबैभन्दा पहिले पालकलाई सफा पानीले धोएर काट्नुपर्छ। त्यसपछि भाँडामा तेल तताएर लसुन र सुकेको रातो खुर्सानीको टुक्रा पड्काउनुपर्छ।
काटिएको पालकलाई भाँडामा राखेर मधुरो आगोमा ५ मिनेटजति पकाएपछि स्वादिलो र पोषिलो साग तयार हुन्छ। यसरी नियमित रूपमा पालकलाई आफ्नो खानामा समावेश गर्दा विभिन्न रोगहरूबाट बच्न सकिन्छ।

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

यस्ताे छ आजका लागि तोकिएकाे विदेशी मुद्राको विनिमयदर

यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

आज कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौं २४ घण्टा खुलाउने तयारी
अरुपनि पढ्नुहोस
सबै
डिजिटल युगमा पनि जोगिँदै मादलको आकर्षण, तिहारमा माग उच्च

तिहार बिदामा निगमको डिपो खुला रहने

झापामा भूमिहीनलाई लालपुर्जा वितरण तीव्र, पहिलो चरणमै २,३३९ परिवारले जग्गा पाउने

दिल्ली प्रदूषणमा किसानलाई मात्रै दोष किन ? सर्वोच्चले उठायो धनीका गाडीमाथि प्रश्न
















