अपाङ्गता भएका व्यक्तिको संवधौनिक अधिकार पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ: उपराष्ट्रपति

रासस


काठमाडौँ, मंसिर १७ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।अपाङ्गता भएका व्यक्तिहरुको अन्तरराष्ट्रिय दिवस, २०२५ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “नेपालको संविधानले पनि अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्ने अधिकारका साथै सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, यसलाई सबैले आत्मसात र अवलम्बन गर्न जरुरी छ ।”
उहाँले सबैमा समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवर्द्धन गर्न सबैको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्नुभयो । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा सङ्कल्पलाई पुनः स्मरण गराउने बताउँदै उहाँले दिवसले थप प्रेरणा, ऊर्जा र प्रतिबद्धता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“हामी सबै एकजुट भएर अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तर सुधार गर्न, उहाँहरूको अधिकारको संरक्षण गर्न तथा हरेक क्षेत्रमा समावेशिता सुनिश्चित गर्न निरन्तर अघि बढ्न सक्नुपर्दछ, न्यायपूर्ण, समावेशी र सम्मानजनक समाज निर्माण हामी सबैको साझा जिम्मेवारी हो, हामीले सबै नागरिकको योगदानलाई मान्यता दिँदै अपाङ्गता भएका व्यक्तिहरुको क्षमता र सम्भावनालाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्ने वातावरण सृजना गर्नु सबैको कर्तव्य र दायित्व हो”, सन्देशमा भनिएको छ ।

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
अरुपनि पढ्नुहोस
सबै
लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी
















