एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

रासस

सारांश
काठमाडौँ, मंसिर १५। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी साबिक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ । हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम मात्रै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम दुई खेल अगावै अपराजित रही पाँच खेल जितेर प्लेअफमा सुरक्षित भएको हो । साबिक उपविजेतासमेत रहेको सुदूरपश्चिमले दश अङ्क जोडेर शीर्ष स्थानमा छ ।
पाँच खेलमा नायक बने पाँच फरक खेलाडी
सुदूरपश्चिमको अर्को विशेषता भनेको कुनै एक खेलाडी तथा विदेशी खेलाडीको भरमा मात्र खेलेको छैन । लगातार पाँच खेल जित्दा सुदूरपश्चिमका फरक फरक खेलाडी नायक बन्दै ‘प्लेयर अफ दी म्याच’ भएका छन् । जसमा तीन नेपाली र दुई विदेशी खेलाडीले उत्कृष्ट खेलेका थिए ।
उत्कृष्ट खेल्दै टोलीलाई जिताउनेमा नेपाली खेलाडीमा स्वयं कप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र इशान पाण्डेय रहेका छन् । विदेशी खेलाडीमा हर्मित सिंह र जोस ब्राउन छन् । सुदूरपश्चिमको पहिलो जितमा हर्मित सिंहले अलराउन्ड प्रदर्शन गरे । काठमाडौँलाई २९ रनले हराएको यो खेलमा हर्मितले विस्फोटक पारि खेल्दै २० बलमा दुई चौका र ६ छक्कासहित ५३ रन बनाए । साथै उनले बलिङमा पनि महत्वपूर्ण दुई विकेट लिए ।
दोस्रो खेलका नायक बनेका जोस ब्राउनले ३५ बलमा ६८ रनको उत्कृष्ट पारि खेले । पोखराविरुद्धको यो खेल सुदूरपश्चिमले १८ रनले जितेको थियो । तेस्रो जित निकाल्ने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरी चम्किए । कर्णालीविरुद्धको उक्त खेलमा ऐरीले ब्याटबाट ३९ रन बटुले भने बलिङतर्फ चार विकेट लिए । चौथो जितमा पारम्भिक ब्याटर विनोद भण्डारी ‘म्याच विनर’ बने । लुम्बिनीलाई पराजित गरेको यो खेलमा भण्डारीले अविजित ६९ रन जोडे ।
साबिक विजेता जनकपुरलाई हराएर पाचौँ जित निकालेको खेलमा इशान पाण्डेले उत्कृष्ट खेले । उनले ५६ रन बनाए । सुदूरपश्चिमले सबैभन्दा बढी नौ स्थानीय खेलाडीलाई टोलीमा राखेको छ । जसमा कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा र हिक्मत महरा रहेका छन् ।
अर्धशतकमा बनाउने सुदूरपश्चिमकै खेलाडी बढी
प्रतियोगितामा हालसम्म १७ खेलाडीले अर्धशतक हिर्काएकामा सुदूरपश्चिमकै खेलाडी अग्रस्थानमा छन् । सुदूरपश्चिमका चार खेलाडीले अर्धशतक बनाए । अर्धशतक बनाउनेमा विनोद भण्डारी, इशान पाण्डेय, जोस ब्राउन र हरमित सिंह रहेका छन् ।
यस्तै हालसम्म एनपिएलमा अर्धशतक बनाउने अन्य खेलाडीमा पोखराका कप्तान कुशल भुर्तेल, पोख।ाकै सुमित बर्मा, एडम रोसिङटन र जिम्मी निशम, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल र बसिर अहमद, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति र आशिफ शेख, काठमान्डू गोर्खाजका जोन सिम्प्सन, कर्णाली याक्सका प्रियाङ्क पञ्चाल तथा चितवन राइनोजका रवि बोपरा रहेका छन् । बोपराले तीन तथा भुर्तेल र पञ्चालले दुई÷दुई अर्धशतक बनाएका छन् । कर्णालीका मार्क वाट मात्रै जारी प्रतियोगितामा शतक बनाउने एक्ला खेलाडी हुन् ।
बलिङतर्फ सुदूरपश्चिमका खेलाडी हाबी देखिएका छन् । हालसम्म सुदूरपश्चिमका अभिनाश बोहरा ११ विकेट लिँदै पहिलो स्थानमा छन् । दोस्रो स्थानमा विराटनगरका कप्तान सन्दीप लामिछाने छन् । उनले १० विकेट लिएका छन् । यस्तै समान १०÷१० विकेट लिएका काठमाडौँका मिलिन्द कुमार र कप्तान करण केसी क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नौ विकेट लिएका सुदूरपश्चिमका हर्मित सिंह पाचौँ स्थानमा छन् ।
सबैभन्दा बढी रन बनाउनेमा चितवनका रवि बोपरा रहेका छन् । उनले हालसम्म २०४ रन बनाएका छन् । यस्तै दोस्रोमा १८४ रन बनाएका कर्णालीका मार्क वाट, तेस्रोमा १७४ रन जोडेका लुम्बिनीका कप्तान रोहितकुमार पौडेल तथा समान १६५ रन बनाएका कर्णालीका प्रियाङ्क र सुदूरपश्चिमका विनोद भण्डारी क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।
विराटनगर कीर्तिमानी स्कोर बनाउने टोली
जारी प्रतियोगितामा उच्च स्कोर बनाउने टोलीमा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च स्कोर बनाउने टोली सुदूरपश्चिम हो । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो । जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउने टोली चितवन हो । चितवनको पारी काठमान्डू गोर्खाजसँग ८९ रनमा समेटिएको थियो । यसअघि उक्त रेकर्ड कर्णालीका नाममा थियो । सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णालीको पारी ९४ रनमा समेटिएको थियो । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा जारी प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । विजेता टोलीले रु एक करोड १० लाख पुरस्कार पाउनेछ ।

भोटेकोशी बाढीको ४५ दिन : आफन्त गुमाएको पीडा, फेरि विपद्को डर

अमेरिकामा आईटी कम्पनीमाथि ट्रम्प प्रशासनको कडाइ, कामदारको ग्रिनकार्ड प्रक्रिया रोकियो

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया
अरुपनि पढ्नुहोस
सबै
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण


जापान सरकारको आर्थिक सहयोगमा सामुदायिक विद्यालयहरूमा व्यावहारिक भूकम्प सुरक्षा अभ्यास

बलिउडका सशक्त अभिनेता नाना पाटेकरको निधन















