समाचार

नेपालको रक्षार्थ जनमुक्ति सेना नेपालको निरन्तरताको महत्त्व झन् बढेको छ : मुक्ति गैरे

नवलपुर टुडे
२०८२ मंसिर ८ | मध्यान्ह १२:०८ बजे

काठमाडौं । अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मुक्ति गैरेले आज नेपालको रक्षार्थ फेरि जनमुक्ति सेना नेपालको निरन्तरताको महत्त्व उत्तिकै बढेर गएको बताएका छन् । माओवादीकाे नेतृत्वमा संचालित जनयुद्धमा जनमुक्ति सेना नेपालकाे स्थापना गरिएको दिनलाई स्मरण गर्दै उनले भने “विद्यालय देखि विश्वविद्यालयबाट जनमुक्ति सेना नेपालमा भर्ती भएका थियौं ।” २०५८ मंसिर ८ गते आजकै दिन जनमुक्ति सेना नेपालकाे स्थापना भएको थियोे ।

उनले सुभकामना दिदै यस्तो अभिव्यक्त दिएका हुन् । उनलेे अनेरास्ववियु(क्रान्तिकारी) केन्द्रीय समितिकाे सामाजिक संजालबाट लेखिएको स्टाट्स जस्ताको त्यस्तै “विद्यालय देखि विश्वविद्यालयबाट जनमुक्ति सेना नेपालमा भर्ती भएका थियौं ! आज नेपालको रक्षार्थ फेरि जनमुक्ति सेना नेपालको निरन्तरताको महत्त्व उत्तिकै बढेर गएको छ गौरवपुर्ण दिनको अवसरमा हार्दिक सुभकामना व्यक्त गर्दछौं ।

कमेन्टहरु