कपिलवस्तुको कारागारमा फरार भएका कैदी नै कारागारकोे चौकीदार

नवलपुर टुडे


कपिलवस्तु । कपिलवस्तुको तौलिहवास्थित कारागारमा गत २३–२४ भदौको जेन–जी आन्दोलनमा फरार भएका कैदीलाई नै चौकीदार नियुक्त गरेको खुलेको छ । तौलिहवा कारागार प्रशासनका अनुसार जेल प्रशासनले जबर्जस्ती करणी कसुरका सद्दाम हुसेन मुसलमानलाई चौकीदारमा नियुक्त गरेको हो ।
उनी २४ भदौमा कारागारबाट फरार भएका थिए । कारागार प्रशासनको चेतावनीपछि उनी कारागार फिर्ता भएका थिए । फरार हुनुअघि उनी नै चौकीदार थिए । तौलिहवा कारागारका जेलर दलबहादुर बस्नेतले घटना सम्बन्धमा बुझेर मात्रै जानकारी दिन सकिने बताए । ‘सद्दाम हुसेन २४ भदौको जेन–जी आन्दोलनका क्रममा फरार भएका थिए । पछि उनी आफैँ फर्किए । त्यसअघि उनी चौकीदार थिए । अहिले उनी कैदमै छन् । तर, उनी हाल पनि चौकीदार रहे–नरहेको बुझेर मात्रै भन्न सक्छु,’ उनले भने ।
कारागार प्रशासनका अनुसार उनी ब्लक ‘बी’को चौकीदार हुन् । नियमअनुसार कारागारबाट फरार भएका कैदीलाई चौकीदार नियुक्त गर्न मिल्दैन । हुसेनअघि कारागारमा दामोदर थारू चौधरी चौकीदार थिए । जबर्जस्ती करणी कसुरका उनकै चलखेलपछि हुसेनलाई फरारपछि पनि पुन: चौकीदार नियुक्त गरिएको हो । हुसेनले चौधरीकै निर्देशनअनुसार अहिले काम गर्दै आएका छन् ।
कानुनअनुसार कारागारको आन्तरिक प्रशासनमा एक कैदी एकपटक मात्रै चौकीदार हुन पाउँछ । जसको करार अवधि वर्ष दिन तोकिएको छ । दोस्रोपटक आफू चौकीदार हुन नसक्ने भएपछि चौधरीले हुसेनलाई पुन: चौकीदारमा नियुक्त गर्न लगाएको प्रशासनको दाबी छ । कारागारमा २४ भदौअघि ४५० कैदीबन्दी थिए, त्यसमध्ये १२८ कैदीबन्दी अझै जेल फर्केका छैनन् ।

तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित


छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान: उपराष्ट्रपति यादव
अरुपनि पढ्नुहोस
सबै
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना


आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’
















