राममणि बहुमुखी क्याम्पसमा तीन बेग्लाबेग्लै प्रशिक्षण सम्पन्न

नवलपुर टुडे


मणिग्राम, मंसीर ५ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा तीन बेग्लाबेग्लै प्रशिक्षण सम्पन्न भएका छन् । क्याम्पसमा सञ्चालित लेखा, कर प्रणाली तथा मूल्य अभिवृद्धि कर दाखिला सम्बन्धी तीन दिने प्रशिक्षण आज (शुक्रबार) सम्पन्न भयो । तालिममा चार्टर्ड अकाउण्टेण्टहरूः प्रमोद पन्थी, नवराज अर्याल र सन्तोष पन्थले तालिम दिनुभएको थियो ।
क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा आयोजित तालिम समापनका अवसरमा बोल्दै विद्यार्थीले व्यवहारिक शिक्षा एवम् सीप विकाशका लागि तालिम कोशेढुंगा सावित भएको बताएका थिए । विद्यार्थी परामर्श तथा रोजगार एकाई संयोजक भिमलाल घिमिरेको अध्यक्षता, समितिका सदस्य नम्रता पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको थियो ।
तीन दिन सम्म सञ्चालित तालिमले बी.बी.एस. तेस्रो वर्षका विद्यार्थीलाई कार्यक्षेत्रका निम्ति व्यवहारिक रूपमै तयार गरेको क्याम्पसका उपप्राध्यापक केशरचन्द्र भण्डारीले जानकारी दिनुभयो ।
त्यसैगरी, .क्याम्पसको मानविकी तथा शिक्षा संकायका चौथो वर्ष नेपाली विषयका विद्यार्थीका लागि शोधपत्र लेखन सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । मानविकीतर्फ शोधप्रस्ताव लेखन र शिक्षातर्फ अध्ययन पत्र लेखन प्रशिक्षण सम्पन्न भएको संकाय प्रमुख नारायणप्रसाद भुसालले जानकारी दिनुभयो ।
क्याम्पसका उपप्राध्यापक माया घिमिरेले दुवै संकायका विद्यार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।

‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै


सामूहिक फूलखेतीले दिलाएको सफलता…
अरुपनि पढ्नुहोस
सबै
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१४९ रुपैयाँमा झर्यो अमेरिकी डलरको मूल्य

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
















