आज यी प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

नवलपुर टुडे

सारांश
काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । भोलि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

सप्तरी र सिरहाबाट ७० हजार बराबरको पटका बरामद

चार सय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
अरुपनि पढ्नुहोस
सबै
बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको चाप उच्च

पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना

बूढीगण्डकी बाढी : ५८ परिवार होल्डिङ सेन्टरमा, सामूहिक भान्सा सञ्चालन

चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता















