कोसी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

नवलपुर टुडे


काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । दिउँसो हिमपात हुने स्थानमा पनि राति भने मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस रहेको विभागले जानकारी दिएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै


सामूहिक फूलखेतीले दिलाएको सफलता…
अरुपनि पढ्नुहोस
सबै
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१४९ रुपैयाँमा झर्यो अमेरिकी डलरको मूल्य

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
















