निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने

नवलपुर टुडे


काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सरकारले सुरक्षा तयारी अघि बढाएको छ ।गृह मन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकले देशभर करिब ३ लाख १४ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।
बैठकले शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापनलाई अनुमोदन गर्दै १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय समेत गरेको छ ।स्रोतका अनुसार निर्वाचन सुरक्षार्थ नेपाली सेनाका करिब ७९ हजार, नेपाल प्रहरीका करिब ७२ हजार, सशस्त्र प्रहरीका ३३ हजार र म्यादी प्रहरी १ लाख ३० हजार जनशक्ति परिचालन गरिनेछ ।
सुरक्षा योजना अनुसार, निर्वाचन आयोगबाट मतदान स्थल र केन्द्रको अन्तिम सूची आएपछि यो संख्यामा आवश्यक परे केही परिवर्तन हुन सक्ने बताइएको छ।
सरकारका अनुसार, यसपटकको निर्वाचन ‘उच्च सुरक्षा सतर्कता’ सहित सञ्चालन हुनेछ, र सुरक्षाकर्मीहरू मतदान केन्द्रदेखि संवेदनशील क्षेत्रसम्म तहगत रूपमा परिचालन गरिनेछन्।

तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित


छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान: उपराष्ट्रपति यादव
अरुपनि पढ्नुहोस
सबै
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना


आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’
















