नेपाल–भारत सुरक्षा समन्वय बैठक: नेपालको प्रस्ताव २४सै घण्टा सीमामा गस्ती गर्ने

नवलपुर टुडे


काठमाडाैं, कार्तिक २७ । नेपाल र भारतबिच सुरक्षा समन्वय बैठक बुधबारदेखि नयाँदिल्लीमा सुरु भएको छ । बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा छलफल भएको छ । नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले नेतृत्व गरेका छन् । भारततर्फ सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक सञ्जय सिंघलले नेतृत्व गरेका छन् ।
बैठकमा भाग लिन नेपालको टोली मंगलबार भारत गएको हो । यस्तो सुरक्षासम्बन्धी समन्वय बैठक हरेक वर्ष हुँदै आएको छ । यसपटकको बैठक नवौँ हो । सीमापार अपराधबाहेक यसपटक नेपालको जेलबाट भागेका भारतीय कैदीको विषयमा पनि छलफल भएको बैठकमा सहभागी एक अधिकारीले बताए । ती कैदी दुवै देशको सुरक्षा चुनौती भएकाले पक्राउका लागि सहयोग गर्न नेपाल पक्षले आग्रह गरेको छ ।
२४ भदौमा नेपालको जेलबाट पाँच सयभन्दा धेरै भारतीय कैदी भागेका थिए । त्यस्तै, चार हजार नेपाली कैदी अझै फरार छन् । उनीहरूमध्ये कतिपय भारत पुगेको आशंका गरिएको छ । नेपालले सीमामा नेपालीमाथि हुने दुव्र्यवहार, लुटपाट रोक्नुपर्ने, भारतबाट आउने लागुऔषध नियन्त्रण गर्नुपर्ने, राजस्व छली रोक्न सहकार्य बढाउनुपर्नेमा जोड दिएको छ ।
साथै, सीमा क्षेत्रमा २४ सै घण्टा गस्तीको प्रस्तावसमेत गरिएको एक अधिकारीले बताए । त्यस्तै, पर्यटक हेल्प डेस्क स्थापना गर्नुपर्ने विषय पनि उठेको छ । नेपालबाट महिला तथा बालबालिका भारतमा लगेर बिक्री हुने भएकाले त्यसमा पनि भारतीय पक्षको नेपालले सहयोग खोजेको छ । भारतीय पक्षले सीमापार अपराध तथा नेपालबाट भारतको सुरक्षामा चुनौती हुन सक्ने गतिविधि रोक्न सहयोगको अपेक्षा गरेको थियो ।
बैठक तीन दिनसम्म चल्नेछ । बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालयलगायत निकायका प्रतिनिधि छन् ।

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा

प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
अरुपनि पढ्नुहोस
सबै
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च

चीन र क्यानडाबिच व्यापार सम्झौता विस्तार, ४० करोड क्यानेडियन डलरका वस्तुमा भन्सार छुट

जापानी हवाई क्षेत्रमा रुसी विमान प्रवेश, लडाकू जेट परिचालन
















