सयपत्री फूल बिक्री भएपछि किसान खुसी

रासस


दमौली (तनहुँ), कात्तिक ४ । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ ।यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री गरेका हुन् । पोखराको व्यापारीलाई रु तीन सयका दरले फूल बिक्री गरिएको समूहका सचिव महेन्द्रराज रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई ठाउँमा गरी छ रोपनी क्षेत्रफलमा पहिलो वर्ष सयपत्री फूल लगाएका थियौँ । एक ठाउँबाट एक सय ६८ र अर्को ठाउँबाट तीन सय ६८ किलो फूल बिक्री भएको छ ।”
समूहका अध्यक्ष जितमाया रानाले बजार नपाएर श्रम खेर जाने हो कि भन्ने चिन्ताका बीच फूल लगाउन सुरु गरे पनि बजार पाएपछि आफूहरूमा हौँसला प्राप्त भएको बताउनुभयो । पहिलो वषमै बजारको सुनिश्चितता भएपछि आगामी वर्ष झनै क्षेत्रफल विस्तार गर्ने सोच बनाएको उहाँको भनाइ छ ।
फूल फुलेपछि कहाँ लैजाने भन्ने चिन्ता भए पनि बजारको समस्या नभएपछि अहिले मन पनि खुसीले फुलेको उहाँले बताउनुभयो । उहाँका अनुसार छ रोपनी जग्गा भाडामा लिएर छ हजारभन्दा बढी बेर्ना रोपिएको थियो । यसअघि काक्रा, घिरौला, बोडी, मास, करेला, खुर्सानीखेती गरिरहेका किसानले यस वर्ष भने सयपत्री फूलखेती गरेको उहाँको भनाइ छ ।

मधेसको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण


बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

चुनावमा सामाजिक सञ्जालको प्रयोगलाई बढाउन प्रचण्डको सुझाव

विजयनगरमा माता सरस्वतीको मन्दिर निर्माणका लागि शिलान्यास

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको समिति गठन
















