बन्धक रिहाइ सम्झौताप्रति प्रतिबद्ध छौँ : हमास

एजेन्सी


काठमाडौँ । हमासले युद्धविराम र बन्धक रिहाइ सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ । तर यसका लागि इजरायल पनि सम्झौतामा उसले सहमति जनाएको कुरामा अडिग रहनुपर्ने हमासले भनेको छ ।
गाजापट्टीमा युद्ध अन्त्य गर्ने राष्ट्रपति ट्रम्पको योजना कार्यान्वयन गर्ने पहिलो चरणको भागको रूपमा २० जीवित बन्धकहरूलाई रिहा गरिरहेको कुरा हमासले पुनः दोहोर्याएको छ ।
इजरायलले सम्झौता अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू पालना गर्ने र आफ्ना सबै सर्तहरूको कार्यान्वयन पूरा गर्ने अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले सुनिश्चित गर्नुपर्नेमा हमासले जोड दिएको छ ।
हमासको सैन्य शाखा, अल कसम ब्रिगेडले बन्धकहरूको पहिलो समूह रेडक्रसलाई हस्तान्तरण गरेको केही समयपछि यो विज्ञप्ति जारी गरिएको हो ।

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
अरुपनि पढ्नुहोस
सबै
जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी
















