कर्णाली नदीमा बेवारिसे शव फेला

उमेश रोकाया


बाजुरा, असोज २२ । बाजुरामा बेवारिसे शव फेला परेको छ । बुधवार बिहान हिमाली गाउँपालिका ६ झुगाला स्थित कर्णाली नदीमा शव फेला परेको हो ।
नाम ठेगाना नखुलेको अन्दाजी २२ बर्षकी महिलाको वेवारिसे शव कर्णाली नदीमा फेला परेको जनाएको छ । कर्णाली नदीमा बेवारिसे शव फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
सो जानकारीपछि प्रहरी चौकी धुलाचौरबाट खटिएको टोलीले उक्त बेवारिसे महिलाको शव नदीबाट निकालेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
उक्त बेवारिसे शव कर्णाली नदी किनारमा दुई ढुंगाको बिचमा सडेगलेको अवस्थामा फेला परेको हो । अहिले उक्त बेवारिसे शव कोल्टी अस्पतालमा ल्याइएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र
















