जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व थियोः अध्यक्ष दाहाल


काठमाडौँ, भदौ ११ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व रहेको बताउनुभएको छ ।
भक्त रानालाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाका रूपमा स्मरण गर्दै अध्यक्ष दाहालले उहाँको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहिरहने जिकिर गर्नुभयो । “भक्त राना युद्धमा घाइते हुनुभयो, उपचारका क्रममा वीर अस्पतालमा उहाँको निधन भयो । हामीले उहाँलाई बचाउन सकेनौँ । उहाँको स्मृति हामी सबैको मनमा ताजा छ”, उहाँले भन्नुभयो ।
उक्त प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिँदै अध्यक्ष दाहालले यो प्रतियोगिता नयाँ उत्साह र आत्मविश्वासका साथ सम्पन्न हुने विश्वस्त व्यक्त गर्नुभयो । प्रतियोगिताका माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा मुलुकको पहिचान स्थापित हुने बताउँदै उहाँले यसबाट योग्य खेलाडी पनि उत्पादन हुने धारणा राख्नुभयो ।























