रौतहटमा लाखौंको अवैध सुर्ती धान खेतमा भेटियो

नवलपुर टुडे


रौतहट । रौतहट धान खेतमा लाखौंको अवैध सुर्ती भेटिएको छ । सशस्त्र प्रहरीले आइतबार राति ठूलो परिमाणमा अवैध सुर्ती बरामद गरेको हो।सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतको कमाण्ड र बीओपी औरैयाबाट सहायक प्रहरी निरीक्षक खेम राज जोशीको कमाण्डमा खटिएको टोलीले ३० बोरा सुर्ती बरामद गरेको हो।
बरामद सुर्ती जिल्लाको इशनाथ नगरपालिका-४ मठियास्थित राम सिंह चनौको भट्टी पसलमा अवैध रूपमा सुर्ती भण्डारण गरी राखेको भन्ने सूचनाका आधारमा सशस्त्रको टोलीले खानतलासी तथा चेकजाँच गर्दा दसगजादेखि अन्दाजी २०० मिटर पूर्व तर्फ राम सिंह चनौको भट्टी पसलको छेउ चुमन मियाको धान खेतमा अवैध रूपमा भण्डारण गरी लुकाई छिपाई राखेको ३० बोराबाट ७ सय ४५ किलोग्राम सुर्ती बरामद भएको प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए।
बरामद सुर्तीको मूल्य ३ लाख ६२ हजार ७५० रहेको तथा सुर्तिजन्य पदार्थहरू बरामद गरी गौर भन्सार कार्यालय रौतहटमा बुझाउने प्रक्रियामा रहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















