Opens in a new tab

कुलमान घिसिङ शुक्रबार (आज) कतार आउदै

रामएकवाल राम

29Shares
dida bag ad

दोहा । उज्यालो अभियानका प्रतिक तथा नेपाल विधुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आज कतार आउने भएका छन।

मध्यपुर्व देशहरुको भ्रमणको क्रममा घिसिङ्ग आज शुक्रबार जुलाई ११ तारिक कतार आउने भएको हो । गैर अवासीय नेपाली संघ कतार र आदिवासी जनजाति महासंघ कतारको संयुक्त आयोजनामा सनैयाको फुलबारी रेस्टुरेन्टमा स्थानीय समय अनुसार बेलुकी ५:३० बजेदेखि उज्यालो संवाद कार्यक्रम सुरु हुने एनआरएनएका महासचिव रबिन मगरले जानकारी दिए।

घिसिङले आफ्ना अनुभव साटासाट तथा प्रवासमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसंग प्रत्यक्ष भेटघाटको निमित्त कतार आउन लागेका हुन।

अरुपनि पढ्नुहोस

सबै