आज यी क्षेत्रमा भइरहेको छ भारी वर्षा

नवलपुर टुडे


काठमाडौं । देशका केही स्थानमा भारी वर्षा भएको छ । नवलपरासी, रुपन्देहीलगायत जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा नवलपरासीको दुम्कौली परासी वर्षामापन केन्द्र र आसपास भारी वर्षामापन भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भएर बहने ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
नवलपरासीको डण्डास्थित वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना रहेकाले डण्डा, कावासोती र आसपासको गिरिउवारीलगायत अन्य ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ । त्यसैले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।
रुपन्देही जिल्लास्थित लुम्बिनी वर्षामापन केन्द्र र आसपास हल्कादेखि मध्यम वर्षामापन भएको छ । सो क्षेत्र भएर बहने ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















