पक्राउ पुर्जीविरुद्ध पत्रकार दिलभूषण पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन

नवलपुर टुडे


काठमाडौँ । पत्रकार दिलभूषण पाठकले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी रोक्न उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका छन्। साइबर ब्युरोको आग्रहमा जिल्ला अदालत काठमाडौँले पक्राउका लागि दिएको अनुमति रोक्न माग गर्दै पाठकले सोमबार निवेदन दिएका हुन्। उच्च अदालत प्रशासनका अनुसार उनको निवेदन सुनवाईका लागि न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पेशी तोकिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गरेको भन्ने सामग्री युट्युब च्यानलमार्फत प्रसारण गरेपछि पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। पाठकले निराधार कपोकल्पित ढंगले आफ्नो चरित्र हत्या गर्ने नियतका साथ सामग्री बनाएर युट्युबमा अपलोड गरेको भन्दै जयवीरले दिएको उजुरीका आधारमा साइबर क्राइमको कसुरमा उनलाई पक्राउ पुर्जी जारी गरिएको छ प्रेस जगतले पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी तत्काल स्थागन गरेर स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।
तर पाठकलाई साइबर कसुरमा कारबाही गर्न देउवा परिवारले प्रहरीलाई दबाब दिँदै आएको छ।

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा

प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
अरुपनि पढ्नुहोस
सबै
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च

चीन र क्यानडाबिच व्यापार सम्झौता विस्तार, ४० करोड क्यानेडियन डलरका वस्तुमा भन्सार छुट

जापानी हवाई क्षेत्रमा रुसी विमान प्रवेश, लडाकू जेट परिचालन
















