परम्परागत भन्दा एक कदम अगाडि बढ्नुपर्थ्यो, सरकार चुक्यो : पूर्वअर्थमन्त्री डा. महत

नवलपुर टुडे


काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परम्परागतभन्दा एक कदम अगाडि बढ्नुपर्ने भए पनि त्यसो हुन नसकेको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रम मूलभूत रूपमा कार्यान्वयनमा निर्भर रहने र बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुने बताए ।
उनले भने, “नीति कार्यक्रम समग्रमा परम्परागतभन्दा एक कदम अगाडि बढ्नुपर्थ्यो, त्यसो हुन सकेन । तर समग्रमा ठीक छ । मूलभूत रूपमा कार्यान्वयनमा निर्भर रहन्छ । बजेटले दिएको कार्यदिशाअनुसार कार्यान्वयन हुन्छ ।”
कृषि क्षेत्रमा उत्पादनका आधारमा मात्र सहयोग गर्ने कुरा प्राथमिकताका साथ नआएको उनले बताए । शिक्षकका सुविधा बढाउने कुरा आएकाले शिक्षाको गुणस्तर बढाउने विषयमा पनि गम्भीर हुनुपर्ने उनको सुझाव छ ।
अर्थतन्त्र चलायमान बनाउन सडक, सिँचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रूपमा आउनुपर्नेमा त्यसो हुन नसकेको उनले औँल्याए । “स्वास्थ्य क्षेत्रमा पनि जुन रूपमा जानुपर्ने हो, त्यो व्यवहारमा जान समस्या हुन्छ,” उनले थपे, “योभन्दा एक कदम अघि बढ्न सकिन्थ्यो त्यसमा चुकेको आभास भयो ।”

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम

बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी

अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो

‘ह्युमन’ बन्यो सन् २०२६ को वर्ष शब्द

आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने
अरुपनि पढ्नुहोस
सबै
इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

लुम्बिनी विकास काेषका नवनियुक्त उपाध्यक्ष आनीले आज कार्यभार सम्हाल्दै

घमाइलो मौसमसँगै लुम्बिनीमा पर्यटकको घुइँचो, मायादेवी मन्दिरमा लामो लाइन

एयर रुटभन्दा नियमित उडानलाई प्राथमिकता दिनुपर्नेमा जोड
















