विद्यार्थी संगठन एबीभीपीले भन्यो– केआईआईटीविरूद्ध तत्काल कडा कारबाही होस्

नवलपुर टुडे


काठमाडौं । भारतको विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिशा शाहको मृत्युका दोषीलाई कारबाही गर्न माग गरेको छ । एबीभीपी भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन हो ।
घटनालाई अत्यन्त पीडादायी भन्दै एबीभीपी विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ । एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ ।
केआईआईटी विश्वविद्यालयको प्रशासन र जिम्मेवार अधिकारीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ । एकै खालका घटना दोहोरिरहँदा केआईआईटीको विश्वस्नीयतामा प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ । “केआईआईटी विश्वविद्यालयमा बारम्बार भइरहेका आत्महत्याका घटनाहरूले यसको विश्वसनीयतामाथि प्रश्न उठाएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेस्टर अध्ययनरत वीरगन्जकी प्रिशा बिहीबार साँझ ८ बजे मृत फेला परेकी थिइन् । कलेजको होस्टलमा उनलाई झुण्डिएको अवस्थामा मृत फेला पारिएको थियो । उनले किन आत्महत्या गरिन् अहिलेसम्म त्यसको कारण भने बाहिर आएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गत वर्ष फागुन ४ मा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा

प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
अरुपनि पढ्नुहोस
सबै
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च

चीन र क्यानडाबिच व्यापार सम्झौता विस्तार, ४० करोड क्यानेडियन डलरका वस्तुमा भन्सार छुट

जापानी हवाई क्षेत्रमा रुसी विमान प्रवेश, लडाकू जेट परिचालन
















