धवलशमशेर हाजिर जमानीमा रिहा

नवलपुर टुडे


काठमाडौं, बैशाख ८ । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । उपचार प्रयोजनका लागि आइतबार साँझ रिहा गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
धवलशमशेर क्यान्सरका बिरामी हुन् । सोही कारण उपचारका लागि उनलाई छाड्ने सुविधा दिइएको हो । उनीमाथि लागेको आरोपबारे भने प्रहरीले अनुसन्धान जारी नै राख्नेछ । उनले महामन्त्री डा. राणाको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिइ ढिलै भए पनि हाजिर जमानीमा रिहा गरिनु स्वागतयोग्य रहेको बताएको छ ।
राप्रपा महामन्त्री डा. धवलशमशेर राणाको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिइ ढिलै भए पनि हाजिरी जमानीमा रिहा गरिनु स्वागतयोग्य छ । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य देशभक्तहरूलाई अझै पनि थुनामा राखिराख्नु अन्यायपूर्ण र नाजायज छ, प्रवक्ता श्रेष्ठले भने ।
गएको चैत १५ गते राजतन्त्र पुनर्स्थापना गर्ने भन्दै तीनकुनेमा अराजक गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

दीपावली र छठ: माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान
अरुपनि पढ्नुहोस
सबै
प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै
















