गुल्मीको अग्लु फेँदी खोलामा चार महिनामै बन्यो पक्की पुल

नवलपुर टुडे


गुल्मी । गुल्मीका एक निर्माण व्यवसायीले डेढ वर्षमा बन्ने पुल चार महिनामै निर्माण गरेका छन्। निर्माण व्यवसायी विजय खनालले गुल्मीको मदाने गाउँपालिकाअन्तर्गत अग्लु फेँदी खोला पुल चार महिनामै निर्माण सम्पन्न गरेका हुन्।
जिल्लामा सञ्चालित कैयौँ विकास योजनाहरू केही निर्माण व्यवसायीले समयमा काम नगरी अलपत्र परिहेको अवस्थामा खनालले डेढ वर्षको अवधिमा निर्माणसम्पन्न गर्नुपर्ने काम चार महिनामै सम्पन्न गरेका हुन्। गुल्मीको पञ्चमीपोखरी–अग्लुङ हुँदै प्यूठान जोड्ने सडकमा पक्की पुल निर्माण गरिएको छ। छोटो अवधिमै पुल निर्माणको काम नगरेर खनालले काम गर्ने इच्छाशक्ति भएमा तोकिएको समय नै पर्खनुपर्छ भन्ने मान्यतालाई चिरेर नयाँ उदाहरण प्रस्तुत गरेका छन्।
उक्त पुल निर्माणका लागि गत वर्ष जेठमा सम्झौता भएपछि बर्सात सुरु भएको र त्यसपछि दसँैतिहारजस्ता चाडपर्वहरू परेका कारण त्यसपछि मङ्सिर महिनादेखि फागुनसम्म चार महिनामा लगातार काम गरेर पुल निर्माणको काम सम्पन्न गरिएको निर्माण व्यवसायी विजय खनालले बताए। तर समयमै काम सम्पन्न गरे पनि ६० लाख रुपैयाँ अझै भुक्तानी पाउन बाँकी रहेको खनालले गुनासो गरे।
खनालले आफूले निर्माणको जिम्मा लिएका ९९ प्रतिशत योजनामा म्याद थप नगरेको बताए। यति छोटो समयमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकहरु पनि अचम्म परेका छन्। मदाने गाउँपालिका–१ का वडाध्यक्ष सुशील चन्दले निर्माण व्यवसायीमा इच्छाशक्ति भएमा योजना कसरी सम्पन्न हुन्छन् भन्ने नयाँ उदाहरण खनालले देखाएको बताए।
सडक पूर्वाधार कार्यालय गुल्मीमार्फत पुल निर्माणका लागि कमल–अर्जुन–सिटी जेभीले गत वर्षको जेठ ८ गते सम्झौता गरेको थियो। उक्त पुल भ्याटसहित रु चार करोड १४ लाख २९ हजार ९७९ को लागतमा सम्झौता भएको सडक पूर्वाधार कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सचिदानन्द चौधरीले जानकारी दिए।
गत मङ्सिर पहिलो हप्ता लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री दिनेश पन्थीले पुलको शिलान्यास गरेका थिए।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















