भारतीय नागरिकको साथबाट स्रोत नखुलेको ७ लाख रुपैयाँ बरामद

नवलपुर टुडे


मोरङ । विराटनगरमा भारतीय नागरिकको साथबाट प्रहरीले ७ लाख नेपाली रूपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार दिउँसो भारतको जोगबनीका ५० वर्षीय सुधीर श्रीवास्तवलाई विराटनगरको वडा नम्बर १५ बाट पक्राउ गरेको हो।
नेपाली नम्बर प्लेटको १८ प ४१७९ को मोटरसाइकलमा सवार श्रीवास्तवलाई शंका लागेर खानतलासी गर्दा स्रोत खुल्न नसकेको सो रकम भेटिएको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
भारतबाट नेपाल आउने क्रममा पक्राउ परेका उनको साथबाट नेपाली ५ सय रूपैयाँ दरको ४ सय र १ हजार रूपैयाँ दरको ५ सय थान नोट रहेको जोशीले बताए। अवैध रकम बरामद भएपछि उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए।
श्रीवास्तवलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ। प्रहरीले श्रीवास्तवबाट बरामद गरिएको रकम हुन्डी कारोबारको हुन सक्ने अनुमान गरेको छ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















